२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

images

  • २०८१ असोज ९, बुधबार
  • 921
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज युएई दिराम र मलेसियन रिङ्गेटको मूल्यमा केही गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज युएई दिरामको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको छ भने मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

    यसैगरी, अमेरिकी डलरको विनिमय दर एक सय ३३ रुपैयाँ ५८ पैसा खरिद र एक सय ३४ रुपैयाँ १८ पैसा बिक्रीका लागि तय भएको छ। युरोपियन युरोको खरिद दर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २८ पैसा छ भने युके पाउण्ड स्ट्रलिङको खरिद दर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्री दर एक सय ७९ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।

    यस्तै, चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा रहेको छ। जापानी येन १० को खरिद दर नौ रुपैयाँ २८ पैसा र बिक्री दर नौ रुपैयाँ ३२ पैसा तय गरिएको छ।

    साथै, हङ्कङ डलरको खरिद दर १७ रुपैयाँ १६ पैसा र बिक्री दर १७ रुपैयाँ २३ पैसा तथा कुवेती दिनारको खरिद दर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    विस्तृत तालिकामा हेर्नुस् : 

    9.jpg
    Source : Nepal Rastra Bank

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ