२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, पारित गर्न बोलायो साधारण सभा

images

  • २०८१ असोज ९, बुधबार
  • 1.1K
    SHARES
  • सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, पारित गर्न बोलायो साधारण सभा

    काठमाडौँ : सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांष घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक ५ प्रतिशत बोनस लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    कम्पनी सञ्चालक समितिले चालू आर्थिक वर्षका लागि २ अर्ब १० करोड रुपैयाँ चुक्तापुँजीको ५ प्रतिशत बराबर १० करोड ५० लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। साथै, बोनस शेयरको कर प्रयोजनका लागि कम्पनीले ०.२७ प्रतिशत बराबर ५५ लाख २६ हजार ३ सय १६ रुपैयाँ छुट्याएको छ।

    सुपर मादी हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आउँदो कात्तिक ५ गते आह्वान गरेको हो। सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेटबाट आयोजना गर्ने निर्णय गरेको हो।

    यसैबिच, सभा सञ्चालनको तयारीका लागि असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने व्यवस्था गरिएको छ। यसले गर्दा असोज १६ गतेसम्म कायम रहेका सेयर धनीहरूलाई प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनको लागि योग्य हुनेछन्। किनकि असोज १७ गते घटस्थापना परेकोले सार्वजनिक बिदा रहेको छ।

    सोही साधारण सभाले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा, तथा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। यस कार्यका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरिनेछ।

    साधारण सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको संख्यामा संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ। यसबाहेक, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत हुनेछ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ