काठमाडौँ : नेपालका निर्जीवन बीमा कम्पनीहरूले आ.व. २०८१/८२ को भदौ महिनासम्ममा कुल ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा ४ लाख २८ हजार ६८ वटा बीमा पोलिसी जारी गरिएको छ। सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। जसले निर्जीवन बीमा क्षेत्रको १३.०७% हिस्सा ओगटेको छ।
कम्पनीहरूको बीमाशुल्क संकलन विवरण यस प्रकार छ :
१) सगरमाथा लुम्बिनी इन्स्योरेन्स : १ अर्ब १ करोड २१ लाख (१३.०७%)
२) सिद्धार्थ प्रिमियर इन्स्योरेन्स : ८१ करोड ३३ लाख (१०.५०%)
३) शिखर इन्स्योरेन्स : ७२ करोड ३४ लाख (९.३४%)
४) हिमालयन एभरेष्ट इन्स्योरेन्स : ६० करोड २३ लाख (७.७८%)
५) नेको इन्स्योरेन्स : ५८ करोड ८९ लाख (७.६०%)
६) आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स : ५८ करोड १ लाख (७.४९%)
७) राष्ट्रिय बीमा कम्पनी : ५४ करोड ५३ लाख (७.०४%)
८) एनएलजी इन्स्योरेन्स : ४८ करोड १६ लाख (६.२२%)
९) यूनाइटेड अजोड इन्स्योरेन्स : ४५ करोड ५१ लाख (५.८८%)
१०) ओरिएण्टल इन्स्योरेन्स : ४४ करोड ३१ लाख (५.७२%)
११) नेपाल इन्स्योरेन्स : ४३ करोड ७१ लाख (५.६४%)
१२) सानिमा जिआइसी इन्स्योरेन्स : ३९ करोड ७० लाख (५.१३%)
१३) नेशनल इन्स्योरेन्स : ३७ करोड २६ लाख (४.८१%)
१४) प्रभु इन्स्योरेन्स : २९ करोड ४१ लाख (३.८०%)
कुल बीमाशुल्क संकलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले अग्रणी भूमिका खेलिरहेको छ भने अन्य कम्पनीहरूले पनि महत्वपूर्ण योगदान पुर्याएका छन्।



