२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्लोबल आईएमई बैंकको संस्थापक शेयर बिक्रीमा

images

  • २०८१ असोज १०, बिहीबार
  • 1.4K
    SHARES
  • ग्लोबल आईएमई बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ : ग्लोबल आईएमई बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। ग्लोबल आईएमई बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेका संस्थापक शेयरहरू बिक्रीमा राखेको छ।

    यद्यपि, बैंकले कति कित्ता शेयर बिक्रीमा राखेको हो भन्ने खुलाएको छैन। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र बैंकको रजिष्ट्रर्ड कार्यालय, कमलादी, काठमाडौंमा सम्पर्क गरी निवेदन दिनुपर्नेछ।

    यदि तोकिएको अवधिमा उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

    बैंकका देशभरि  १ हजार १ सय भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ