२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८१ असोज १०, बिहीबार
  • 1.9K
    SHARES
  • दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज असोज ६ गते अन्तिम दिन रहेको छ जसमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र साहस ऊर्जा कम्पनी रहेका छन्। 

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज ११ गते तथा साहस ऊर्जाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १३ गतेलाई बुकक्लोज मिति तय गरेको थियो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र २ कम्पनीले घोषणा गरेको लाभांस र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स : गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको १८.३८११  बोनस प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे। हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ। बोनस शेयरपछि चुक्तापुँजी वृद्धि भएर ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २ सय २४ रुपैयाँ पुग्नेछ। 

    कम्पनीले लाभांश पारित गर्न कम्पनीले असोज २३ गते आफ्नो सातौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा काठमाडौँको अनमोल बैंक्वेट, शंखमूलमा बिहान ११ बजे सुरु हुनेछ।

    साहस उर्जा लिमिटेड : कम्पनीले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गते, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा साधरण सभा बोलाएको छ।

    साथै, विशेष प्रस्तावअन्तर्गत बोनस वितरणपछि कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव छ। जसले कम्पनीको चुक्ता पुँजीमा ठूलो वृद्धि हुनेछ। कम्पनीको अधिकृत पुँजी र जारी गर्ने पुँजीमा पनि संशोधनको प्रस्ताव गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ