२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव

images

  • २०८१ असोज १०, बिहीबार
  • 836
    SHARES
  • आज वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव

    काठमाडौँ : चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औँ वार्षिकोत्सव तथा २० औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालको समारोह उद्घाटन गर्न चितवन आउने भएका छन्।

    अस्पतालका चिकित्सक डा. अनिलविक्रम कार्कीका अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट बिहान ११ बजे चितवनमा अवतरण गर्नेछन्। उनले डेढ घण्टा क्यान्सर अस्पतालको कार्यक्रममा सहभागी भएर त्यसपछि पश्चिम नवलपरासीको सुस्तामा बनेको झोलुङ्गे पुलको उद्घाटन गर्न जाने कार्यक्रम छ।

    राष्ट्रपति पौडेलसँगै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्का र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा पनि कार्यक्रममा सहभागी हुनेछन्।

    वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले २०५७ सालदेखि क्यान्सर बिरामीहरूको उपचार गर्दै आएको छ। ५ सय वेड क्षमतायुक्त छ र देशभरका ६० प्रतिशत क्यान्सर बिरामीहरूको उपचार गर्दै आएको छ।

    चीन सरकारको सहयोगमा निर्माण गरिएको यस अस्पतालमा हरेक वर्ष ६ हजारभन्दा बढी नेपाली र भारतीय बिरामीहरूको उपचार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ