२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या घटेर १०७ पुग्यो, शाखा विस्तारमा भने वृद्धि

images

  • २०८१ असोज १०, बिहीबार
  • 1.7K
    SHARES
  • नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या घटेर १०७ पुग्यो, शाखा विस्तारमा भने वृद्धि

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्क अनुसार २०८१ साउन मसान्तसम्म मुलुकमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या १ सय ७ पुगेको छ। यीमध्ये २० वटा वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन्। २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या १ सय १२ रहेकोमा साउन मसान्तमा घटेर १ सय ७ मा सीमित भएको हो।

    साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले मुलुकभर ११ हजार ५ सय ४१ शाखाहरू विस्तार गरेका छन्। जुन अघिल्लो महिनामा ११ हजार ५ सय ३० थियो। वाणिज्य बैंकहरूको ५ हजार ६३ शाखा, विकास बैंकहरूको १ हजार १ सय ३५ शाखा, वित्त कम्पनीहरूको २ सय ८८ शाखा, लघुवित्त वित्तीय संस्थाहरूको ५५ शाखा र पूर्वाधार विकास बैंकको १ शाखा रहेको छ। ग्रामीण तथा साना क्षेत्रमा लघुवित्तको महत्वपूर्ण योगदान रहेको तथ्याङ्कले देखाउँछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ