२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
जल तथा मौसम

देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

images

  • २०८१ असोज ११, शुक्रबार
  • 1.1K
    SHARES
  • देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ : नेपालका विभिन्न क्षेत्रमा हाल ठूलो वर्षा भइरहेको छ र केही स्थानमा नदी तथा खोलाहरूमा बाढी आएको छ। उदयपुर, सप्तरी, सिराहा लगायत पूर्वका केही जिल्लाहरूमा ठूलो पानी परेको छ। जसले खाडो खोला, बालन नदी, कोरिय नदी लगायत साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम बढाएको छ। कञ्चनपुरका केही ठाउँमा पनि ठूलो वर्षा भएकोले सिहाली र दोदा नदी लगायतका क्षेत्रमा डुबानको जोखिम रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाले नारायणी, कन्काई, कमला, बाग्मती, राप्ती र बबई नदीहरूमा आज र भोलि बाढीको जोखिम रहेको चेतावनी दिएको छ। आगामी आइतवारसम्म ठूलो पानी पर्ने सम्भावना रहेकोले सरकारका तर्फबाट हिमाली र पहाडी जिल्लाहरूमा रात्रिबस नचलाउन भनिएको छ। ताकि बाढी र पहिरोको जोखिम कम गर्न सकियोस्।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेषगरी ५६ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यसका साथै धान नकाट्न, अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, तराई र मधेश क्षेत्रमा भुइँतलामा अन्नपात नराख्न, र नदी किनारमा सतर्कता अपनाउन भनिएको छ।

    सामान्यतया मौसमको अवस्था प्रति सजग रहनुहोस् र मौसम परिवर्तनका लागि तयार रहनुहोस्। सम्भावित स्थानहरूमा भारी वर्षा, गेग्रान बहाव, बाढी, पहिरो, र भू-क्षय जस्ता प्रकोपहरूको जोखिम रहेकाले विभागले सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने सम्भावना रहेको छ। 

    यस वर्षको मनसुन सामान्य समय भन्दा ढिलो गरी अक्टोबर ७ अर्थात् असोज २१ गतेसम्म सक्रिय रहने मौसमविद्हरूको अनुमान छ। महाशाखाले देशभरका नागरिकहरूलाई विशेष सावधानी अपनाउन र जोखिमपूर्ण क्षेत्रहरूमा आवश्यक तयारी गर्न सुझाव दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ