२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुग्लिङमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

images

  • २०८१ असोज ११, शुक्रबार
  • 1.0K
    SHARES
  • मुग्लिङमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

    काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ पन्ध्र किलोस्थित मुग्लिङ-नारायणगढ सडक खण्डमा राति भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्।

    माइक्रोबस र दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका सबै जना माइक्रोबसमा सवार थिए। जसमा चालकसहितका यात्रु छन्।

    प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ भने अन्यलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको छ। घाइतेहरूको पहिचानमा सृष्टी भुसाल, रामजी भुसाल, सोनीका भुसाल, साहिल श्रेष्ठलगायतका व्यक्तिहरू परेका छन्। अन्य घाइतेहरूमा कमला श्रेष्ठ, रेजिना पराजुली, अरुणिमा पौडेल, चिन्ता बहादुर महतो, सन्तोष महतो लगायतका व्यक्ति रहेका छन्।

    दुर्घटनामा संलग्न ट्याङ्कर चालकलाई मुग्लिङ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणको थप अनुसन्धान भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ