काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइमा पुग्दै रेकर्ड तोडेको छ। आज शुक्रबार पनि सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको छ। लगातार बढिरहेको सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ।
हिजो बिहीबार सुनको मूल्य तोलाको १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी मूल्य प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।



