२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सानिमा बैंकले ल्यायो 'दशैं धमाका' योजना, दराजबाट सामान किन्दा २ हजार रुपैयाँसम्म छुट

images

  • २०८१ असोज ११, शुक्रबार
  • 1.6K
    SHARES
  • सानिमा बैंकले ल्यायो 'दशैं धमाका' योजना, दराजबाट सामान किन्दा २ हजार रुपैयाँसम्म छुट

    काठमाडौँ : सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ।

    यस योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार ५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

    योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ। छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ।

    यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यस योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म ११ दिनका लागि लागू हुने जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ