२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जीवन बीमा कम्पनीहरूको व्यवसाय बागमती प्रदेशमा केन्द्रित, कुन प्रदेशमा कति ?

images

  • २०८१ असोज १३, आइतबार
  • 1.4K
    SHARES
  • जीवन बीमा कम्पनीहरूको व्यवसाय बागमती प्रदेशमा केन्द्रित, कुन प्रदेशमा कति ?

    काठमाडौँ : नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूको व्यवसाय बागमती प्रदेशमा अत्यधिक केन्द्रित रहेको देखिन्छ। 

    चालु आर्थिक वर्षको दोस्रो महिनासम्म, १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीहरूले विभिन्न बीमालेख बिक्रीबाट कुल ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन्। यसमा बागमती प्रदेशको हिस्सा ४३.७२ प्रतिशत रहेको छ। जसबाट मात्रै १३ अर्ब १८ करोड ५२ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरिएको छ।

    दोस्रो ठूलो बजार लुम्बिनी प्रदेश रहेको छ। जहाँ जीवन बीमा कम्पनीहरूले दुई महिनामा ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको १५.२० प्रतिशत हो।

    कोशी प्रदेश तेस्रो ठूलो बजारका रूपमा पहिचान गरिएको छ, जहाँ कम्पनीहरूले ३ अर्ब ९० करोड ९ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन्, जुन कुल व्यवसायको १२.९४ प्रतिशत हो।

    अन्य प्रदेशहरूमा, गण्डकी प्रदेशले ३ अर्ब १६ करोड ९० लाख, मधेश प्रदेशले २ अर्ब ६९ करोड ५० लाख, सुदूरपश्चिम प्रदेशले १ अर्ब ७५ करोड ४ लाख, र कर्णाली प्रदेशले ८७ करोड ४० लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन्। यसमा गण्डकीको हिस्सा १०.५१ प्रतिशत, मधेशको ८.९४ प्रतिशत, सुदूरपश्चिमको ५.८० प्रतिशत, र कर्णालीको २.९० प्रतिशत रहेको छ।

    यस तथ्यांकले बागमती प्रदेशलाई जीवन बीमा कम्पनीहरूको प्रमुख बजारका रूपमा पुष्टि गर्दछ।  जसले अन्य प्रदेशहरूको तुलनामा उल्लेखनीय कारोबार गर्दै आएको छ।

    premiun.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ