२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्वाबलम्बन लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८१ असोज १३, आइतबार
  • 1.4K
    SHARES
  • स्वाबलम्बन लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांष घोषणा गरेको छ। कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। 

    कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश रहेको छ। 

    साथै, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ प्रतिशत लाभांश वितरण गरेको थियो। उक्त प्रस्ताव लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण हुनेछ। 

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत हुन आउने २० करोड ६६ हजार २ सय ५० रुपैयाँ बराबरको बोनश शेयरका रूपमा वितरण गर्ने निर्णय गरेको छ। साथै, कर प्रयोजनका लागि ०.७५ प्रतिशत हुन आउने १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद लाभांशको पनि प्रस्ताव गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ