२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अविरल वर्षा र बाढीले १११८ मेगावाटका जलविद्युत् आयोजनामा क्षति

images

  • २०८१ असोज १३, आइतबार
  • 1.1K
    SHARES
  • अविरल वर्षा र बाढीले १११८ मेगावाटका जलविद्युत् आयोजनामा क्षति

    काठमाडौँ : अविरल वर्षासँगै आएको बाढी र पहिरोले १११८ मेगावाटका विभिन्न सरकारी तथा निजी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ।इप्पानका अनुसार निर्माणाधीन र निर्माण सम्पन्न १७ जलविद्युत् आयोजनामा उल्लेखनीय क्षति भएको छ।

    प्रभावित आयोजनाहरू :

    माथिल्लो तामाकोसी जलविद्युत आयोजना (सरकारी ) : ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना बाढीबाट प्रभावित भएको छ। बाँध क्षेत्रका संरचना, नियन्त्रण कक्ष, बालुवा थिग्राउने पोखरी, र बाँधको नहरमा ठूलो क्षति पुगेको छ।

    बागमती साना जलविद्युत आयोजना : २२ मेगावाट क्षमताको यस आयोजना बाढीका कारण पूर्ण रूपमा प्रभावित भएको छ। पावरहाउस डुबानमा परेको छ।

    तल्लो हेवाखोला जलविद्युत आयोजना : पाँचथरमा रहेको २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना पनि बाढीले पावरहाउस डुबानमा पुर्याएको छ। गत वर्ष पनि यस आयोजना बाढीबाट प्रभावित भएको थियो।

    हेवाखोला जलविद्युत आयोजना (पाँचथर) : १४.९ मेगावाटको यस आयोजना पनि भारी क्षतिग्रस्त भएको छ। यस आयोजनालाई पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको बेला फेरि क्षति पुगेको हो।

    सोलु दुधकोशी जलविद्युत आयोजना : ८६ मेगावाटको यस आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ, जसका कारण विद्युत उत्पादन बन्द छ।

    माइखोला क्यासकेड जलविद्युत आयोजना : ३ मेगावाट क्षमताको यो आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ, जसले गर्दा उत्पादन बन्द भएको छ।

    माइखोला जलविद्युत आयोजना : ९.६ मेगावाटको यो आयोजनाको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ।

    फेमे खोला जलविद्युत आयोजना : १ मेगावाट क्षमताको यो आयोजनाको बाँध र विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

    सिउरी खोला जलविद्युत आयोजना : ५ मेगावाट क्षमताको यस आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ।

    सुपर न्यादी जलविद्युत आयोजना : ४० मेगावाटको सुपर न्यादी आयोजनाको पहुँचमार्ग र प्रोटेक्सन वालमा बाढीका कारण ठूलो क्षति भएको छ।

    इलेप खोला तातोपानी जलविद्युत आयोजना : २५ मेगावाटको यो आयोजनाको पहुँचमार्गमा भारी क्षति पुगेको छ।

    माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना : २१६ मेगावाटको यस आयोजनाको क्याम्प हाउस, पहुँचमार्ग, र ३ वटा कन्टेनर बाढीले बगाएको छ।

    हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट) : क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारण लाइनको टावर ढलेको, र पावरहाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ।

    सभाखोला बी जलविद्युत आयोजना : १५.१ मेगावाटको यस आयोजनाको पावरहाउस पुरिएको, बाँधमा क्षति पुगेको, र अस्थायी पुल बगाएको छ।

    सभाखोला सी जलविद्युत आयोजना : ६.३ मेगावाटको सभाखोला सी आयोजनाको पहुँचमार्गमा क्षति भएको छ।

    लान्द्रुक मोदी जलविद्युत आयोजना : ८६.५९ मेगावाटको यो आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ।

    सुपर त्रिशूली जलविद्युत आयोजना : १०० मेगावाटको सुपर त्रिशूली आयोजनाको २ वटा स्काभेटर, २ वटा लोडर, ३ वटा ट्रिपर बगाएको छ भने बेलीब्रिज र पावर हाउस स्काभेसनमा पनि क्षति पुगेको छ।

    हालसम्म यस क्षतिबाट प्रभावित आयोजनाहरूको विवरण संकलन भइरहे पनि थप जानकारी आउन बाँकी रहेको इप्पानले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ