२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रु रु जलविद्युतद्वारा लाभांश घोषणा, ८० प्रतिशत हकप्रद पनि आउँदै

images

  • २०८१ असोज १३, आइतबार
  • 986
    SHARES
  • रु रु जलविद्युतद्वारा लाभांश घोषणा, ८० प्रतिशत हकप्रद पनि आउँदै

    काठमाडौँ : रु रु जलविद्युत परियोजनाद्वारा लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश रहेको छ।

    लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण हुनेछ। जुन कात्तिक ११ गते आयोजना हुने छ। साधारणसभाका लागि कम्पनीले असोज ३०गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीको उक्त प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जनाएको छ।

    साथै, विशेष प्रस्तावअन्तर्गत बोनस वितरणपछि कम्पनीले १ः०.८० अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव छ।  कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेको छ। यस लगानीका लागि आवश्यक पूँजी जुटाउन कम्पनीले ८० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो। 

    सुम्निमा हाइड्रो पावरमार्फत २ जलविद्युत आयोजना निर्माण गरिनेछ:

    अपर पिखुवा खोला जलविद्युत आयोजना : ४.९ मेगावाटको क्षमता भएको यो आयोजना सुम्निमा हाइड्रो पावरद्वारा प्रवर्द्धित छ।

    पिखुवा पशुपति जलविद्युत आयोजना : यस आयोजना ४.१ मेगावाट क्षमताको हुनेछ।

    यी आयोजनाहरू सम्पन्न गर्नका लागि रु रु जलविद्युतले सुम्निमा हाइड्रो पावरमा लगानी बढाउने निर्णय गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ