२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाढी र पहिरोमा मृत्यु संख्या १३२ पुग्यो, ६४ जना बेपत्ता

images

  • २०८१ असोज १३, आइतबार
  • 1.4K
    SHARES
  • बाढी र पहिरोमा मृत्यु संख्या १३२ पुग्यो, ६४ जना बेपत्ता

    काठमाडौँ : नेपालमा बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक  कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेस प्रदेशमा २ जनाको मृत्यु भएको छ।

    विपद्का घटनामा ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन्। सुरक्षाकर्मीको सक्रियताका कारण मुलुकभरबाट ३ हजार ६ सय २६ जनाको सकुशल उद्धार गरिएको जानकारी प्राप्त भएको छ।

    नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट आज बिहानदेखि हालसम्म १ सय ९३ जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाको टोलीले बढी जोखिममा रहेका नागरिकको उद्धारका लागि २ दिनदेखि सक्रिय रूपमा काम गरिरहेको छ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विपद्को कारण राजमार्ग अवरुद्ध भएका सडकलाई नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्। प्रभावित क्षेत्रहरूमा नागरिकको उद्धार, राहत, र घाइतेको उपचारका लागि अस्पतालमा पठाउने कार्यमा सुरक्षाकर्मीहरू सक्रिय छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ