२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेसनल लाइफद्वारा ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न, गण्डकी प्रदेशका ३५ अभिकर्तालाई सम्मान

images

  • २०८१ असोज १३, आइतबार
  • 2.0K
    SHARES
  • नेसनल लाइफद्वारा ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न, गण्डकी प्रदेशका ३५ अभिकर्तालाई सम्मान

    काठमाडौँ : नेसनल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग साक्षात्कार कार्यक्रम ‘मिट द सीईओ’ आयोजना गरेको छ। मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने गण्डकी प्रदेशका करिब ३५ जना अभिकर्ता कार्यक्रममा सहभागी भएका थिए।

    कार्यक्रममा, अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो। प्रदेशस्तरीय सम्मानको क्रममा गण्डकी प्रदेशबाट छनोट हुने अभिकर्ता सम्मानित भएका छन्।

    कम्पनीले प्रदेश स्तरीय कार्यक्रम मधेश प्रदेशबाट सुरु गरेको थियो र अन्य प्रदेशहरूमा पनि छिट्टै कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ।

    कार्यक्रममा सीईओले अभिकर्ताहरूको हितलाई मध्येनजर गर्दै योजनाहरू प्रस्तुत गरेका थिए, जसमा अभिकर्ताहरूले बीमा व्यवसायका हरेक पक्षमा विस्तृत छलफल गर्न पाएकोमा खुसी व्यक्त गरे। देशभरिबाट ३ सय भन्दा बढी अभिकर्ताहरू छनोट भएका छन्। जसमा गण्डकीबाट ३५ अभिकर्ता चयन गरिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ