काठमाडौँ : चितवन, भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैङ्क लिमिटेड बिच विशेष छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। मिति २०८१–०६–१३ गतेका दिन प्रभु बैङ्कका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फबाट अतिरिक्त निर्देशक डा.मनोहर प्रधान ले समझौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।
सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन्। सिओएमएसमा उपचार गर्दा औषधी सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एकसरे र यूएसजिमा समेत २ हजारसम्मको छुट पाउने छन्।
प्रभु बैङ्क लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले कलेज अफ मेडिकल साइन्सको सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैङ्कका अन्य कुनै विद्युतीय प्रणाली द्वारा विल भुक्तानी गर्नुपर्ने छ। तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैङ्क लिमिटेड का ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने छ।
ग्राहकहरूको रोजाईको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधि बाट सम्मानित प्रभु बैङ्क लि.को नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौँ विश्वास दिन्छौँ” मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।



