काठमाडौँ : लगातार बढेको सुनचाँदीको मूल्य आज पनि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला रु १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। हिजो आइतबार १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।



