२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दशैंका लागि बजारमा ४१ हजार खसीबोका भित्रिदै

images

  • २०८१ असोज १४, सोमबार
  • 991
    SHARES
  • दशैंका लागि बजारमा ४१ हजार खसीबोका भित्रिदै

    काठमाडौँ : दशैंको तयारीका लागि उपत्यकामा ४१ हजार खसीबोका र ७ हजार च्याङग्रा भित्र्याउने तयारी गरिएको छ। यसमा सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५ सय  खसीबोका र ३सय च्याङग्रा खरिद गर्ने योजना बनाएको छ। 

    आर्थिक मन्दीको प्रभावका कारण यस वर्षको बिक्री गत वर्षको तुलनामा कम हुन सक्ने र उपभोक्ताको खरिद शक्तिमा निर्भर रहने बताइएको छ। यो समयमा खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७०० रुपैयाँसम्म रहने अपेक्षा गरिएको छ।

    यस्तै, भारतीय खसीबोका पनि बजारमा महत्वपूर्ण भुमिका खेल्नेछन्। जसमा लगभग ३०% - ४०% आयातित खसीबोका हुनेछन्। दशैंको समयमा उपत्यकामा करिब ५०,००० खसीबोकाको व्यापार हुने अपेक्षा गरिएको छ।

    यसका साथै खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री गरिने व्यवस्था गरिएको छ। जसले उपभोक्तालाई स्वस्थ्य खसीबोका छनोट गर्न मद्दत गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ