काठमाडौं : नेपाल पर्यटन बोर्डले भारी वर्षाका कारण उत्पन्न बाढी र पहिरोले अवरुद्ध भएका पर्यटकहरूलाई सहयोग गर्न २४ सै घण्टा क्राइसिस सेल सक्रिय गरेको छ।
यस कदमको उद्देश्य प्रभावित पर्यटकहरूलाई यात्रा व्यवस्थापन, सुरक्षाका उपायहरू र आवश्यक सहयोग पुर्याउन केन्द्रित छ।
मनसुनको अवस्था क्रमशः सुधार हुँदै गर्दा देशको जनजीवन पनि सामान्य बन्दै गएको छ। प्रमुख सडक मार्गहरू पुन: जोडिएको छ भने काठमाडौंमा उडानहरू नियमित रुपमा सञ्चालनमा आएका छन्। केही पदयात्रा क्षेत्रहरू अझै पुनर्स्थापना भइरहेको भए पनि पर्यटन बोर्डले यात्रुहरूलाई नेपालको प्राकृतिक सौन्दर्यको अन्वेषण गर्न प्रोत्साहित गरिरहेको छ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चुनौतीपूर्ण समयमा धैर्यता र समझदारी देखाउने पर्यटकप्रति आभार प्रकट गरेका छन् र नेपालमा सुरक्षित वातावरणमा भ्रमण गर्न आमन्त्रित पनि गरेका छन्।
बोर्डले पर्यटकलाई आइपरेको समस्या समाधानके लागि सहयोग आवश्यक परेमा पर्यटक प्रहरीको हटलाइन ९८५१२८९४४५ र नेपाल पर्यटन बोर्डको क्राइसिस सेल हटलाइन ९८५१२५४६६६ मा सम्पर्क गर्न पनि अग्रह गरेको छ ।



