काठमाडौँ : आज साताको दोस्रो कारोबार दिन नेप्से ४४.४५ अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४४.४५ अंक बढेर २५०८.८६ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ६.४५ अंक, फ्लोट इण्डेक्स २.८०अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३अंक बढेको छ।
आज कारोबार रकम भने झिनो रकमले घटेको छ। हिजो आइतबार ४ अर्ब ५ करोड ६ लाख ५८ हजार को शेयर कारोबार भएको बजारमा आज २ सय ४४ कम्पनीको ५० हजार ६ सय ८० पटकको कारोबारमा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँ बराबरको ९७ लाख १७ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक घटेको छ भने १२ उपसमूहको परिसूचक बढेको छ। आज कारोबारमा आएका २ सय ४४ कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ तथा १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.८३ प्रतिशत बढेको छ भनेम्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६० प्रतिशत घटेको छ। साथै, जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी तथा वित्त, होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज CEDB हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (CHDC)को शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने प्रभु चयन कोष (PSF) ९ प्रतिशत भन्दा बढीले घटेको छ।



