२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेडिकल साइन्स कलेज र प्रभु बैंकबीच विशेष छुट सम्झौतामा हस्ताक्षर

images

  • २०८१ असोज १४, सोमबार
  • 1.1K
    SHARES
  • मेडिकल साइन्स कलेज र प्रभु बैंकबीच विशेष छुट सम्झौतामा हस्ताक्षर

    काठमाडौं: मेडिकल साइन्स कलेज र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

    २०८१ असोज १३ गते चितवनस्थित कलेज अफ मेडिकल साइन्स (सिओएमएस) र प्रभु बैंकबीच भएको सम्झौतामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मेडिकल कलेजमा विभिन्न सेवामा छुट पाउने भएका छन्।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले औषधि, सिटीस्क्यान र एमआरआई बाहेकका सम्पूर्ण सेवाहरूमा २०% सम्मको छुट पाउने छन्। यसमा एक्सरे र अल्ट्रासाउन्ड (यूएसजी) जस्ता सेवाहरू पनि समावेश छन्।

    यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय प्रणालीद्वारा भुक्तानी गर्नुपर्नेछ। 
    साथै परिचयपत्र र परिवारको सदस्यको लागि नाता खुलाउने कागजात अनिवार्य पेश गर्नुपर्नेछ।

    प्रभु बैंकले नेपालभर ३१५ शाखा, २८६ एटीएम र ६९ भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत ३१ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ