काठमाडौँ : आज नेप्सेले २५०० बिन्दु नागेको छ। सेयर बजारले २५०० अंक नाघ्नु र सिमेन्ट कम्पनीहरूको मूल्य उच्च दरमा बढ्नुले सेयर बजारमा निर्माण क्षेत्रप्रतिको आकर्षण बढेको देखाउँछ।
आज नेप्से परिसूचक ४४.४५ अंक बढेर २५०८.८६ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ६.४५ अंक, फ्लोट इण्डेक्स २.८०अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३अंक बढेको छ।
तर कारोबार रकममा केही गिरावट आएको छ। विशेषगरी सिमेन्ट कम्पनीहरूको मूल्य धेरै बढेको छ। जसको प्रमुख कारण दसैँ तिहारपछिको निर्माण गतिविधिहरू चलायमान हुने अपेक्षा हो। बाढीपहिरोले क्षति पुर्याएका संरचनाहरू पुनर्निर्माणको लागि सिमेन्टको माग बढ्ने भएकाले लगानीकर्ताहरू यस क्षेत्रमा मोडिएका छन्।
आज बैंकिङ, विकास बैंक, हाइड्रोपावर, उत्पादन लगायत सबै क्षेत्रमा सूचक बढेको भए पनि, सिमेन्ट कम्पनीहरूको प्रदर्शन विशेष उल्लेखनीय छ।



