२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको बालुवाटारमा भेटवार्ता

images

सत्कार खबर
  • २०८० वैशाख ३१, आइतबार
  • 676
    SHARES
  • प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको बालुवाटारमा   भेटवार्ता

    काठमाडौं :- प्रमुख तीन दलका शीर्ष नेताहरुबीच  छलफल भइरहेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक(पटक छलफल र भेटघाट हुँदै आएको छ । तर भेटमा छलफल भएका विषय सार्वजनिक गरिएको छैन । तीन दलका शीर्ष नेताहरुमात्र पटक–पटक छलफलमा बस्दा शंका उत्पन्न भएको रास्वपाका सभापति रवि लामिछानेले बताएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ