काठमाडौँ : चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारी ढुकुटीमा २ खर्ब ३८ अर्ब नगद मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ ।
समीक्षा अवधिमा विभिन्न बैंक खातामा रहेको सरकारी डिपोजिटको कुल रकम २ खर्ब ३८ अर्ब ३० करोड ९० लाख रुपैयाँ रहेको बताइएको छ।
अघिल्लो आर्थिक वर्षको अन्तिममा अर्थात् २०८१ असार मसान्तसम्ममा सरकारी डिपोजिट जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ रहेको थियो। यस दुई महिनाको अवधिमा राज्यको ढुकुटीमा १ खर्ब ७४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।
यो मौज्दात सङ्घीय सरकार, प्रदेश सरकार, र स्थानीय तहको नाममा विभिन्न बैंकमा रहेको निक्षेप हो। जसले राज्यको वित्तीय स्थितिमा महत्त्वपूर्ण वृद्धि दर्साउँछ।



