२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इन्धनको मूल्य घटेसँगै हवाई भाडा ५ सय रुपैयाँसम्म घट्ने

images

  • २०८१ असोज १५, मंगलबार
  • 1.1K
    SHARES
  • इन्धनको मूल्य घटेसँगै हवाई भाडा ५ सय रुपैयाँसम्म घट्ने

    काठमाडौँ : इन्धनको मूल्य घटेसँगै वायुसेवा कम्पनीहरुले भोलि बुधबारदेखि लागू हुनेगरी हवाई भाडा घटाउने निर्णय गरेका छन्।

    वायुसेवा कम्पनीहरुले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म इन्धनको लागत घटाउने जानकारी दिएका छन्। यी कम्पनीहरुले हवाई भाडासँगै इन्धनको मूल्यलाई पनि टिकटको मूल्यमा समावेश गरेर एकै चोटी शुल्क लिन्छन्।

    नेपाल आयल निगमले मंगलबारदेखि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएको छ। यस अनुसार हवाई इन्धनको नयाँ मूल्य १३२ रुपैयाँबाट घटेर १२६ रुपैयाँमा पुगेको छ।

    इन्धनको मूल्य घट्दा वायुसेवा कम्पनीहरुले इन्धन शुल्क घटाउने गरेका छन्। हालको घटाइएको इन्धनको लागत कम भएकोले हवाई टिकटको मूल्यमा पनि कमी आउने बताइएको छ।

    तर हालको समयमा वायुसेवा कम्पनीहरुको टिकटको माग उच्च रहेको छ र दशैंको सिजनको कारण अधिकांश गन्तव्यका लागि टिकटहरु शतप्रतिशत बुक भइसकेका छन्।

    भोलिदेखि जुन दिनको हवाई टिकट उपलब्ध हुनेछ, त्यहि दिनको टिकटमा हालको घटेको हवाई इन्धनको लागतको प्रभाव पर्नेमात्र छैन यात्रुहरुले महँगो शुल्क तिरेर पनि टिकट खरिद गर्नुपर्ने अवस्थाका कारण महँगो भाडामा टिकट लिनुपर्ने बाध्यता रहेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ