काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। नेप्सेमा मूल्य समायोजन हुनेमा गुँरास लघुवित्त र प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स रहेका छन्।
गुँरास लघुवित्तको १४.२५ प्रतिशत बोनस तथा प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको १० प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो। आज मंगलबार सानिमा गुँरास लघुवित्तको अन्तिम कारोबार १ हजार ८ सय ८० रुपैयाँको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार ५ सय ९९ रुपैयाँ ९५ पैसा कायम भएको छ।
यस्तै, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको अन्तिम कारोबार ६ सय ५ रुपैयाँको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ५० रुपैयाँ कायम भएको छ। यो सँगै, अब बुधबारदेखि यी दुई कम्पनीका समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ।



