काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ प्रदान गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री ओलीले बाढीपहिरो र डुबानजस्ता विपद्का समयमा बैंकले देखाएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस प्रकारका सहयोगले पीडित जनतालाई राहत मिल्ने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको जानकारी दिएका थिए। यसअघि मन्त्रिपरिषद्को बैठकले दैवी प्रकोप उद्धार कोषमा १ अर्ब रुपैयाँ दाखिला गर्ने निर्णय गरेको थियो।



