२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८१ असोज १६, बुधबार
  • 1.2K
    SHARES
  • सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : सुपर मादी हाइड्रोपावर कम्पनीका शेयरधनीहरूले लाभांश पाउने आज असोज १६ गते अन्तिम मौका रहेको छ। कम्पनीले आफ्नो वार्षिक साधारणसभा र लाभांश वितरणका लागि असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अर्थमा आजसम्म कायम रहेका शेयरधनीहरूले मात्र लाभांश पाउन योग्य हुनेछन्। किनकि भोलि असोज १७ गते घटस्थापना परेकाले सार्वजनिक बिदा रहेको छ।

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशत अर्थात् १० करोड ५० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस शेयरमा लाग्ने करका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ छुट्याइएको छ।

    साधारणसभाका लागि कम्पनीले आउँदो कात्तिक ५ गते १५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। यो सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे सुरु हुनेछ। सभाले प्रस्तावित लाभांश र अन्य अजेन्डाहरू पारित गरेपछि शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

    सभामा कम्पनीले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा ,कर्जा तथा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। यसका लागि सञ्चालक समितिलाई विशेष अख्तियारी प्रदान गरिनेछ।

    सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूको संख्यामा संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित हुनेछ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ