२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेप्टेम्बरमा पर्यटक आगमन ५.८२ प्रतिशतले वृद्धि, भारतीय र चिनियाँ पर्यटक भने घट्दै

images

  • २०८१ असोज १६, बुधबार
  • 1.6K
    SHARES
  • सेप्टेम्बरमा पर्यटक आगमन ५.८२ प्रतिशतले वृद्धि, भारतीय र चिनियाँ पर्यटक भने घट्दै

    काठमाडौँ : सेप्टेम्बर महिनामा नेपाल भ्रमण गर्न करिब एक लाख पर्यटक आएको तथ्यांक उल्लेखनीय छ। नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्ग हुँदै ९६ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन्।

    जुन गत वर्षको सेप्टेम्बरको तुलनामा ५.८२ प्रतिशतले बढी हो। नेपाल पर्यटन बोर्डका अनुसार अमेरिकाबाट र युरोपका पर्यटकहरूको संख्या बढेको छ भने भारतीय र चिनियाँ पर्यटकहरूको संख्या घटेको छ। साउन महिनामा भएका दुई हवाई दुर्घटनाका कारण भारतीय र चिनियाँ पर्यटकको कमी भएको बताइएको छ।

    गत अगस्टमा ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएका थिए। जबकि सेप्टेम्बरमा यो संख्या २४ हजारले बढी छ। सेप्टेम्बरमा भारतबाट सबैभन्दा धेरै २२ हजार ९ सय ८४ पर्यटक नेपाल आएका छन्। अन्य प्रमुख मुलुकहरूमा अमेरिका, चीन, अस्ट्रेलिया, श्रीलंका, बेलायत, बंगलादेश, जर्मनी, कोरिया र मलेसिया रहेका छन्।

    यो वृद्धि नेपाल पर्यटनको पुनरुत्थानमा महत्त्वपूर्ण मानिन्छ। विशेष गरी कोविड-१९ पछि पर्यटन क्षेत्रले पुनः गति लिइरहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ