२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुसहर समुदायमा जन्मदर्ता र नागरिकताको अभाव

images

  • २०८१ असोज १६, बुधबार
  • 1.9K
    SHARES
  • मुसहर समुदायमा जन्मदर्ता र नागरिकताको अभाव

    काठमाडौँ : धनुषाको सबैला नगरपालिका–१३ किरतपुरस्थित मुसहर बस्तीमा धेरैजसो परिवारहरु जन्मदर्ता र नागरिकताबाट वञ्चित छन्। ४६ वर्षीय जागेश्वर सदा मुसहरका चार सन्तान भए पनि तिनीहरूको न त जन्मदर्ता भएको छ, न त विद्यालय जान पाएका छन्। बालबालिकाको स्कुलमा भर्ना तथा बालपोषण भत्ता पाउनका लागि आवश्यक कागजातको अभावमा जागेश्वरको परिवारजस्तै धेरै परिवार पीडित छन्।

    जागेश्वर र उनकी श्रीमती दुवै प्यारालाइसिसबाट ग्रसित छन।  जसले गर्दा उनीहरूलाई प्रशासनिक कार्यालयमा नागरिकताको लागि धाउन पनि गाह्रो भएको छ। यस्तै समस्याले गर्दा उनको सन्तानको पनि नागरिकता बन्न सकेको छैन। नागरिकताको अभावमा बस्तीका अन्य परिवारहरूसमेत बालबालिका शिक्षाबाट बञ्चित भएका छन्।

    ३० वर्षीय रामजतन सदा मुसहरको परिवार पनि नागरिकताविहीन छ। उनका तीन सन्तान जन्मदर्ता बिना विद्यालय जान पाएका छैनन्। रामजतनका बुबाआमा बाल्यकालमै बितेका थि।  नागरिकता बनाउने प्रयास गर्दै आइरहे तापनि कागजातको अभावमा सफल हुन सकेका छैनन्।

    ७० वर्षीय एकासो देवीको नागरिकता नहुनुले उनका छोराछोरीको नागरिकता बन्न सकेको छैन। प्रमेश्वरी देवीका अनुसार आमा एकासोको नागरिकता बनाउन १५ हजार रुपैयाँभन्दा बढी खर्च भए पनि सफलता मिलेको छैन।

    धनुषाको यस मुसहर बस्तीमा कुल ७० घर छन्। जसमा अधिकांश परिवार गरिबी, अशिक्षा, र ऐलानी जग्गामा बस्दै आएका छन्। स्थानीय बमभोल सदा बताउँछन् कि पहिले नागरिकताको महत्त्व थाहा नपाउँदा यसलाई प्राथमिकतामा राखिएन तर अहिले नागरिकता नहुँदा सरकारी सेवासुविधाबाट वञ्चित हुनु परेको छ।

    janma darta..jpg

    वडाध्यक्ष देवनारायण महतोका अनुसार केही परिवारको नागरिकता बनाउन पहल गरिए पनि सबै समस्याको समाधान हुन सकेको छैन। यद्यपि सरकारले नागरिकता समस्या समाधान गर्न नयाँ कानुन ल्याएको ।  तर यो मुसहर समुदायको लागि समाधान अझै टाढा देखिन्छ।

    नयाँ कानुन र नागरिकताको आशा

    नागरिकताको लागि २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मिएका व्यक्तिका सन्तानले अब वंशजको आधारमा नागरिकता पाउने कानुनी व्यवस्था छ। बाबुको पहिचान नखुलेका व्यक्तिहरू र गैरआवासीय नेपालीका नातिनातिनालाई पनि नागरिकता दिने प्रावधानले केही राहत आउने आशा छ। तर मुसहर समुदायमा अझै यस कानुनको प्रभावकारी कार्यान्वयन देखिएको छैन।

    यस समुदायको समस्याको समाधानका लागि स्थानीय प्रशासन र सरकारको तत्परता आवश्यक छ। मुसहर समुदायले राज्यबाट नागरिकता र शिक्षा प्राप्त नगरेसम्म उनीहरूको भविष्य असुरक्षित रहिरहनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ