काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यावसायिक तथा व्यक्तिगत विकासलाई प्राथमिकता दिँदै विभिन्न सीप विकास तालिमहरू आयोजना गरिरहेको छ।
हालै भदौ महिनामा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ। यस तालिममा प्रमुख प्रशिक्षकको रूपमा पूर्व मिस नेपाल सुगरिका के.सी.को उपस्थिति रहेको थियो।
प्रशिक्षणमा समय व्यवस्थापन, नेतृत्व विकास, संचार कला, व्यक्तिगत स्वच्छता, आपसी सहयोग र क्षमता वृद्धिजस्ता विषयहरूमा ध्यान दिइएको थियो। जसले करिब ६० जना कर्मचारीहरूको व्यक्तित्व विकासमा योगदान पुर्याएको छ।
कार्यक्रमका दौरान नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बिसीले कार्यकुशलताको विकास र रणनीतिक रूपमा अगाडि बढ्न प्रेरित गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रमाणपत्र प्रदान गर्दै तालिमको सफलतामा योगदान गरेका सहभागीहरूलाई बधाई दिएका थिए।
कम्पनीले आगामी दिनहरूमा पनि यस्ता तालिमहरू जारी राखेर कर्मचारीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता जनाएको छ।



