२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बडादशैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिँदै

images

  • २०८१ असोज १७, बिहीबार
  • 971
    SHARES
  • बडादशैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिँदै

    काठमाडौँ : नेपालीहरुको महान पर्व बडा दशैं, आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लासका साथ मनाइने यो पर्व विशेषगरी देवी दुर्गाको पूजा, आराधना, र परिवार तथा समाजसँगको सम्बन्धलाई प्रगाढ बनाउने अवसर हो। घटस्थापनाको दिनमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ९:१६ बजे रहेको जनाएको छ।

    आजको दिन पूजा कोठामा गाईको गोबरले लिपपोत गरेर पवित्र माटोमा जौ छरिन्छ, जसलाई दुर्गा देवीको प्रिय मानिन्छ। दशैंको मुख्य प्रतीक पहेँलो जमरा विजया दशमीका दिन टीका प्रसादको साथ ग्रहण गरिन्छ। यद्यपि केहीले गहुँ र मकैको जमरा राख्ने प्रचलन गरे पनि शास्त्रीय विधिअनुसार जौ नै जमराका लागि उपयुक्त मानिएको छ।

    दशैंको नवरात्रभर देवी दुर्गाका नौ रूपहरूको पूजा गरिन्छ। प्रत्येक दिनका लागि फरक रूपको पूजा गरिन्छ जसले भक्तिहरूमा शक्ति र आत्मबलको सञ्चार गर्दछ। सप्तमीका दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन विशेष बलिपूजा गरिन्छ।

    यस पर्व सत्यले असत्य र दैवी शक्तिले आसुरी शक्तिमाथि विजय प्राप्त गरेको प्रतीकका रूपमा मनाइन्छ। यो वर्षको दशैंको टीका असोज २६ गते शनिबारका दिन बिहान ११:३६ बजे शुभ साइतमा लगाइनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ