२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अरूण भ्याली हाईड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८१ असोज १८, शुक्रबार
  • 13.8K
    SHARES
  • अरूण भ्याली हाईड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : अरूण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा लाभांष घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ३.१५७ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ३ प्रतिशत बोनस शेयर र ०.१५७  प्रतिशत नगद लाभांश रहेको छ।  

    साथै, उक्त प्रस्ताव लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण हुनेछ। लाभांश पारित गर्न कम्पनीले कात्तिक १४ गते २७ औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौँको गौशाला स्थित होटल क्रिस्टलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    कम्पनीले कात्तिक १४ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभाका लागि कम्पनीले कात्तिक ५ गते बुक क्लोजनिर्णय गरेको छ। कात्तिक ४ गतेसम्म कायम सेयरधनीहरूलाई मात्र सभा र लाभांश प्राप्त गर्न अनुमति दिइनेछ।

    सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

    कम्पनीको आगामी वार्षिक साधारण सभाले बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी र जारी पुँजीमा वृद्धि हुने निर्णयसँगै सोही अनुरूप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। यससँगै, नियमनकारी निकायबाट प्राप्त सुझाव वा निर्देशनलाई ध्यानमा राख्दै आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।

    साथै, सभाले लिखु खोला जलविद्युत् आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने प्रस्तावलाई पनि अनुमोदन गर्नेछ। यस निर्णयले जलविद्युत् आयोजनाको प्रगतिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

    Nepse Notice-1.jpg
    Source : Ahpc
    Nepse Notice-2.jpg
    Source : Ahpc

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ