२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हकप्रद सेयर पारित गर्ने एनएलजी इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान

images

  • २०८१ असोज १८, शुक्रबार
  • 1.3K
    SHARES
  • हकप्रद सेयर पारित गर्ने एनएलजी इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान

    काठमाडौँ : एनएलजी इन्स्योरेन्स कम्पनीद्वारा विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले आउँदो कात्तिक ७ गते काठमाडौँको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा सभा आह्वान गरेको छ। सभा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।

    सभामा मुख्य रूपमा चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन हुनेछ। कम्पनीले गत शुक्रबार नै नेपाल धितो पत्र बोर्डबाट हकप्रद शेयर जारी गर्न अनुमति पनि पाइसकेको छ।

    कम्पनीको हकप्रद बिक्री प्रबन्धक लक्ष्मी सनराइज (एलएस) क्यापिटल मार्केट रहेको छ र विशेष साधारण सभा प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गरिने भएको छ। असोज २१ गतेसम्म कायम सेयर धनीहरूलाई मात्र सभा र हकप्रद प्राप्त गर्न अनुमति दिइनेछ।

    यसअघि भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा हकप्रद शेयरको आकारमा परिमार्जन गरिएको थियो। अब कम्पनीले १००ः६२.५६ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। जसले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँबाट बढेर २ अर्ब ५० करोड २५ लाख पुग्नेछ। यस कदम नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड पुराउनुपर्ने नियमलाई पालना गर्न हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ