२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दशैंमा जमरा राख्दैनन् बागलुङका माझी समुदाय, अनिष्टको भयले चलिरहेको पुरानो परम्परा

images

  • २०८१ असोज १८, शुक्रबार
  • 1.2K
    SHARES
  • दशैंमा जमरा राख्दैनन् बागलुङका माझी समुदाय, अनिष्टको भयले चलिरहेको पुरानो परम्परा

    काठमाडौँ :  नेपालका हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व बडादशैंको पहिलो दिन घरघरमा घटस्थापनासँगै जमरा राख्ने चलन छ। धार्मिक मान्यताअनुसार देवीलाई जौँको जमरा चढाउने प्रचलन। र विजयादशमीको दिन टीकासँगै मान्यजनको हातबाट जमरा लगाइन्छ। घरमा जमरा राख्नुपूर्व त्यसलाई लिपपोत गर्ने, सजाउने परम्परा पनि रहिआएको छ।

    तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि दशैंमा जमरा नराख्ने अद्वितीय परम्परालाई निरन्तरता दिएका छन्। यो समुदायले दशैंमा जमरा राखे अनिष्ट हुने विश्वासले यो चलन छोडेका छन्।

    परम्परागत मान्यता र भय
    बागलुङ नगरपालिका–१ रामरेखास्थित खनियाबासका माझीहरूले जमरा नराखी दशैं मनाउन थालेको इतिहास लामो छ। स्थानीय कृष्ण माझीका अनुसार पितापुर्खाहरूले जमरा राख्दा अनिष्ट हुने भयले यो प्रचलन सुरु गरेका थिए। करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राख्ने चलन रहे पनि पछि केही ठूलो अनिष्ट भएपछि जमरा राख्न छाडिएको विश्वास छ।

    "हामीले सुनेअनुसार जमरा राख्दा घरकी कन्याको मृत्यु भएको थियो। तर जमरा नराख्दा त्यस्तो अनिष्ट हुन छाड्यो" कृष्ण माझीले भने। यही मान्यताका आधारमा अहिले १७ माझी परिवारले दशैंमा जमरा राख्ने काम नगर्ने परम्परालाई निरन्तरता दिएका छन्।

    अनिष्ट टार्ने विश्वासले जमरा नराख्ने चलन
    स्थानीय देउकुमारी माझीले पनि यस विषयमा आफ्नो धारणा राख्दै भनिन् "घटस्थापनाको दिन जमरा छर्दा छोरीचेलीको मृत्यु भएको हामीले सुन्दै आएका छौँ। त्यसैले हामीले जमरा राख्न छाडेका हौं।" माझी समुदायले जमरा छोडेपछि अनिष्ट कम भएको उनीहरू बताउँछन्।

    तथापि दशैंको दिन टीका र जमरा लगाउने चलन भने उनीहरूले छोडेका छैनन्। उनीहरू बागलुङ बजारबाट वा नजिकैको कालिका मन्दिरबाट जमरा ल्याएर टीकासँगै लगाउने गर्दछन्।

    दशैं मनाउने तरिका र पेशाको परिवर्तन
    यद्यपि जमरा नराख्ने यो प्रचलन अन्य समुदायले अनौठो ठाने पनि माझी समुदायका लागि यो परम्पराको अभिन्न अंश बनिसकेको छ। पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा चलाउने र बालुवा निकालेर जिविकोपार्जन गर्दै आएका माझी समुदाय पछिल्लो समयमा अन्य पेसा अंगाल्दै आएका छन्।

    समुदायमा परम्परा र धार्मिक मान्यताका कारण जमरा नराख्ने भए पनि दशैं पर्वलाई उनीहरूले उल्लासपूर्वक मनाउँदै आएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ