काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडको साधारण सभा आज आश्विन २० मा बस्दैछ। यस सभाको प्रमुख एजेन्डामा सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित गर्ने विषय रहेको छ।
बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा प्रस्तुत हुनेछ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजीमा वृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि छलफलको एजेन्डामा समावेश छ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाहको अवस्थाबारे छलफल हुनेछ। साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
यसका साथै सर्वसाधारण सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि हुने छ। बैंकले सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गरेको थिय। जसले गर्दा सो मितिसम्म सेयर खरिद गरेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।



