२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रसूतिगृहमा "बच्चा जन्मिनासाथ पाँचथरी वंशाणुगत रोगको परीक्षण र उपचार"

images

  • २०८१ असोज २०, आइतबार
  • 1.6K
    SHARES
  • प्रसूतिगृहमा "बच्चा जन्मिनासाथ पाँचथरी वंशाणुगत रोगको परीक्षण र उपचार"

    काठमाडौँ : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) मा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण "मेटाबोलिक डिजिज टेस्टिङ" सेवा सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार विशेष समारोहमा यस सेवाको उद्घाटन गरे। उनले भने “यस प्रयास सानै उमेर देखि पनि महत्त्वपूर्ण छ।”

    मन्त्री पौडेलले बाल मृत्यु दर घटाउनका लागि विभिन्न पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा अत्यन्त महत्त्वपूर्ण छ।”

    अस्पतालले आगामी दिनमा थप सेवाहरू विस्तार गर्ने योजना बनाएको उल्लेख गर्दै उनले भने, “यो सुरुवात त्यसैको एक कडी हो।” अस्पतालले २० शय्याको आइसीयू थप्ने योजना बनाएको जानकारी दिएर मन्त्री पौडेलले यसबाट अति आवश्यक मातृशिशुका लागि ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।

    मन्त्री पौडेलले अस्पतालमा जनशक्ति कमीको गुनासो सुनेको बताए। र यसको समाधानका लागि कदम चाल्दै छात्रवृत्तिमा अध्ययन गरिरहेका चिकित्सकलाई खटाउने योजना रहेको पनि जानकारी दिए।

    गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी बहिरंग सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले मातृशिशुको स्वास्थ्य सुधारका लागि सेवाहरू कसरी बढाउन सकिन्छ भन्ने विषयमा सक्रियता जनाउने प्रतिबद्धता व्यक्त गरे। “सर्वोच्च स्वास्थ्य सेवामा सबै क्षेत्र मिलेर मात्र यो सम्भव। ” उनले जोड दिए। मन्त्रालयका सचिव हरि मैनालीले अस्पतालको सेवा मातृशिशु मृत्युदर घटाउन सकारात्मक थालनी भएको बताएका छन्। 

    अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले हाल परीक्षणका रूपमा सेवा सुरू गरेको जानकारी दिँदै भने “जन्मिनासाथ पाँच प्रकारका वंशाणुगत रोगको परीक्षण र उपचार गरिनेछ।” उनले भने “देशमा २१ प्रतिहजार नवजात शिशुको मृत्यु दर रहेको। यदि यस्तो सेवा विस्तार गर्न सकिएमा यो दर घटाउन सम्भव हुनेछ।”

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ