काठमाडौँ : आज साताको पहिलो कारोबार दिन नेप्से ५६.०९ अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ९.७५ अंक, फ्लोट इण्डेक्स ३.९८ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक बढेको छ।
आज कारोबार रकम भने झिनो रकमले घटेको छ। अघिल्लो कारोबार दिन बुधबारका दिन ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजारको शेयर कारोबार भएको बजारमा २ सय ४४ कम्पनीको ६९ हजार ८ सय ६० पटकको कारोबारमा ६ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। आज कारोबारमा आएका २ सय ४४ कम्पनीमध्ये २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ साथै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१२ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१८ प्रतिशत बढेको छ। साथै, जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी, वित्त, होटल, पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज न्यादी हाइड्रोपावर लिमिटेड (NYADI) को शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) को शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।



