२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु बैंकद्वारा चितवनमा एजुकेशन हब स्थापना, उच्च शिक्षा कर्जा सुविधा प्रदान गर्ने लक्ष्य

images

  • २०८१ असोज २०, आइतबार
  • 1.2K
    SHARES
  • प्रभु बैंकद्वारा चितवनमा एजुकेशन हब स्थापना, उच्च शिक्षा कर्जा सुविधा प्रदान गर्ने लक्ष्य

    काठमाडौँ : प्रभु बैंक लिमिटेडले चितवन प्रदेश कार्यालय, चितवनमा पहिलो पटक शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ। यस केन्द्रको उद्देश्य स्वदेश र विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई सहज र सरल शैक्षिक कर्जा उपलब्ध गराउनु हो। यो केन्द्रले कर्जा प्रक्रियालाई प्रभावकारी बनाउन र विद्यार्थीहरूको शिक्षा सम्बन्धी वित्तीय आवश्यकतामा सहयोग पुर्याउने विश्वास गरिएको छ।

    सीमित वित्तीय स्रोतका कारण उच्च शिक्षा प्राप्त गर्न कठिनाइमा परिरहेका अभिभावकहरूलाई सहज र छिटो शैक्षिक कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि शैक्षिक केन्द्रले कर्जा प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

    शैक्षिक कर्जा सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको चितवन प्रदेश कार्यालयको शैक्षिक केन्द्र वा चितवन प्रदेश  अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछन्। कर्जा स्वीकृत गर्ने प्रक्रिया ५ दिनभित्र पूरा हुने व्यवस्था गरिएको छ। 

    शैक्षिक केन्द्रको उद्घाटन “इक्यान चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराई र डिल्लीराम अधिकारी (एमडी, एक्सपर्ट कन्सल्टेन्सी, चितवन) ले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो।

    बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको विज्ञप्ति मार्फत जनाएको छ। साथै, फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि बैंक सम्मानित भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ