२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटिजन लाइफको ‘सेल्स क्यापासिटी ट्रेनिङ्ग’ले पेशागत सीपमा वृद्धि गर्यो

images

  • २०८१ असोज २१, सोमबार
  • 1.2K
    SHARES
  • सिटिजन लाइफको ‘सेल्स क्यापासिटी ट्रेनिङ्ग’ले पेशागत सीपमा वृद्धि गर्यो

    काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।

    यसको आयोजना भाद्र महिनामा तीन दिनसम्म काठमाडौंको बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनमा सीप र ज्ञानको अभिवृद्धि गर्नु रहेको थियो।

    यस कार्यक्रमले जोखिम मूल्याङ्कन, दाबी प्रक्रिया, बीमालेख र बीमाङ्कीय, ग्राहक सेवा, कानूनी मुद्दाहरू, सम्पत्ति शुद्धीकरण, सूचना प्रविधि, ब्रान्डिङ लगायतका महत्वपूर्ण विषयमा नयाँ शाखा प्रमुखहरुलाई जानकारी प्रदान गर्नका लागि सञ्चालन गरिएको थियो।

    कार्यक्रममा उपस्थित शाखा प्रमुखहरुलाई आवश्यक कक्षाहरू र जानकारी प्रदान गर्न प्रधान कार्यालयबाट विभिन्न विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र व्यवस्थापन टिमले तीन दिनसम्म ३० जना शाखा प्रमुखहरुलाई आफ्नो विशेषज्ञता प्रदान गरे। कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले उपस्थित सबै शाखा प्रमुखहरूलाई अझै मिहेनत र लगनका साथ काम गर्न प्रेरित गरेका थिए।

    साथै प्रचलित कानुन, नीति, नियम र नियमनकारी निकायका निर्देशनहरूको पालना गर्दै संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र यसका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउन प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमलाई अत्यन्त उत्साहजनक र फलदायी बनाइएको छ। सम्पूर्ण व्यवस्थापन टिम, विभागीय प्रमुख र टिम हेडहरूको उपस्थितिमा ३ दिने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ