काठमाडौँ : आज साताको दोस्रो कारोबार दिन नेप्से ३७.१३ अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३७.१३ अंक बढेर २६९०.७२ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ७.३२ अंक, फ्लोट इण्डेक्स २.५८ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक बढेको छ।
आज कारोबार रकम पनि बढेको छ। हिजो ६ अर्ब १३ करोडको शेयर कारोबार भएको बजारमा आज २ सय ४४ कम्पनीको ७३ हजार १ सय १९ पटकको कारोबारमा ७ अर्ब ९ करोड रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। आज कारोबारमा आएका २ सय ४४ कम्पनीमध्ये १ सय ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको घटेको छ तथा १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.२९ प्रतिशत घटेको छ। भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३४ प्रतिशत बढेको छ। साथै, जलविद्युत, होटल, पर्यटन, लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज थ्री स्टार हाइड्रोपावर लिमिटेड (TSHL) को शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेड (EHPL) को शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।



