२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच सम्झौता

images

  • २०८१ असोज २२, मंगलबार
  • 1.6K
    SHARES
  • गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच सम्झौता

    काठमाडौँ : गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच २० गते आइतबारका दिन आइपिओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको व्यहोरा सम्पूर्ण सरोकारवाला समक्ष सहर्ष जानकारी गराउदछौँ।
     
    इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुलकित्ता २२ लाख ५० हजारको १ सयका दरले हुन आउने कुल रकम २२ करोड ५० पचास रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ। 

    गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

    स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरीलघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ। गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो।

    यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य (Depository Participant- डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) तथा धितोपत्र अण्डरराइटिङ सेवाप्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ।

    गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्‍याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ। यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको लागि अन्य व्यावसायिक साझेदारी सम्झौताहरूमार्फत् नवीनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

    गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा रहेको छ र काठमाडौँ उपत्यकामा २२ शाखा र देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ