काठमाडौँ : प्रभु समूहले बाढीपहिरोबाट पीडितलाई आर्थिक सहयोग गरेको छ। प्रभु समूहद्वारा १ करोड ७५ लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको छ।
‘यही असोज दोस्रो हप्तामा देशका विभिन्न भूभागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएकोले विपदको यस दुःखद घडीमा पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पीडितहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रभु समूह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आज मिति २०८१-०६-२१ गते एक कार्यक्रमका बीच प्रभु समूहका अध्यक्ष माननीय देवीप्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी प्रधानमन्त्री केपीे शर्मा ओलीलाई रु. १,७५,००,००० (अक्षरेपी एक करोड पचहत्तर लाख रुपैयाँ मात्र) को चेक हस्तान्तरण गर्नु भयो।’ एक विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा प्रभु समूह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पीडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समूहले गरेको छ।
साथै प्रभु समूहले बाढी तथा पहिरोबाट घाइते नागरिकहरुको सिध्र स्वास्थलाभको कामना र मृतकजनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको विज्ञप्ति मार्फत जनाएको छ। साथै, फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि बैंक सम्मानित भएको छ।



