२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८१ असोज २३, बुधबार
  • 3.7K
    SHARES
  • दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम दिन रहेको छ जसमा युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेका छन्। 

    युनिलिभर नेपालले आफ्नो साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २८ गते तथा सिटिजन्स बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १९ गतेलाई बुकक्लोज मिति तय गरेको थियो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र २ कम्पनीले घोषणा गरेको लाभांस र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्। किनकि असोज २४ गतेदेखि २८ गतेसम्म दसैँ बिदा परेको छ।

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड : सभामा आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश समावेश छ।

    हाल बैंकको २०८१ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ रहेको छ। बैंकले ४ प्रतिशत बोनस शेयरको रूपमा ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रुपैयाँ २३ पैसा र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांशको रूपमा २ करोड ९८ लाख ९६ हजार ७ सय ८७ रुपैयाँ ३८ पैसा वितरण गर्नेछ।

    बैंकले लाभांश पारित गर्न कात्तिक ४ गते आफ्नो १८ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा काठमाडौँको डिल्लीबजारस्थित अमृतभोमा बिहान ९ बजेबाट सुरु हुनेछ।

    सभामा अर्को महत्त्वपूर्ण प्रस्ताव भनेको सिटिजन्स बैंक र अन्य वित्तीय संस्थाहरू गाभ्न र गाभिने सम्बन्धी अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने हो। साथै, प्रबन्धपत्रमा संशोधन, जारी पुँजी र चुक्ता पुँजी वृद्ध र शेयरको किसिम सम्बन्धी व्यवस्थाहरू पनि सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखा परीक्षकको प्रतिवेदनलाई स्वीकृति दिने र चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने छ।

    युनिलिभर नेपाल : गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको १ हजार ७ सय १४ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हाे। कम्पनीले लाभांश पारित गर्न कात्तिक १२ गते आफ्नो ३१ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा काठमाडौँको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो ४ः३० बजेबाट सुरु हुनेछ।

    सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। साथै, लेखापरीक्षक र सञ्चालक समितिको प्रतिवेदन पनि पारित गरिनेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ