२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८१ कात्तिक १, बिहीबार
  • 2.3K
    SHARES
  • अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : अपि पावर कम्पनी लिमिटेडका शेयरधनीहरूले लाभांश पाउने आज कात्तिक १ गते अन्तिम मौका रहेको छ। 

    कम्पनीले आफ्नो वार्षिक साधारणसभा र लाभांश वितरणका लागि भोलि कात्तिक २ बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अर्थमा आजसम्म कायम रहेका शेयरधनीहरूले मात्र लाभांश पाउन योग्य हुनेछन्।

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ।

    साधारणसभाका लागि कम्पनीले आउँदो कात्तिक ११ वार्षिक साधारणसभा आह्वान गरेको छ। यसअघि कम्पनीले निर्णय गरेको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव विद्युत नियमन आयोगले अस्विकार गरेपछि लाभांश संसोधन गरी सभा डाकेको हो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ