काठमाडौँ : आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज बिहीबार पनि सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४ सय रुपैयाँमा पुगेको छ। जुन हालसम्मकै उच्च हो। हिजो छापावाला सुनको मूल्य १ लाख ६१ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो।
साथै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। हिजो चाँदीको मूल्य १ हजर ९ सय ५० रुपैयाँ कारोबार भएको थियो।



