२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राहत र उद्धारका लागि जुट्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको आग्रह

images

  • २०८० कात्तिक १८, शनिबार
  • 841
    SHARES
  • राहत र उद्धारका लागि जुट्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको आग्रह

    कात्तिक १८, काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ।

    अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “प्रकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमै घाइतेको उद्धार र पीडितका लागि राहत तथा पुनःस्थापनाका लागि जुट्न आवश्यक छ।”

    कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ। उहाँले भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समेवदना व्यक्त गर्नुभएको छ। साथै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ