२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विवाहपछि महिलाको जागिर छाड्ने दरमा वृद्धि, विश्व बैंकको अध्ययन

images

  • २०८१ कात्तिक १, बिहीबार
  • 1.8K
    SHARES
  • विवाहपछि महिलाको जागिर छाड्ने दरमा वृद्धि, विश्व बैंकको अध्ययन

    काठमाडौँ : विश्व बैंकको एक प्रतिवेदनले दक्षिण एसियामा विशेषगरी भारतमा, विवाहपछि महिलाको रोजगारी दरमा गिरावट आएको देखाएको छ। यसलाई ‘विवाह पेनाल्टी’ भनेर परिभाषित गरिएको छ। जहाँ विवाहपछि महिलाले जागिर छाड्न बाध्य हुने प्रचलन छ।

    प्रतिवेदनअनुसार विवाहपछि पुरुषले काम गर्नु सामान्य मानिन्छ तर महिलाको हकमा भने विवाहपछि काम गर्न असहज परिस्थिति सिर्जना हुन्छ। भारतमा धेरै परिवारहरूले नवविवाहित महिलालाई घरधन्दा वा पारिवारिक जिम्मेवारीका कारण जागिर गर्न अनुमति दिन्नन्। यसका कारण विवाहअघि जागिरमा आबद्ध महिलाहरूले विवाहपछि जागिर छोड्न बाध्य हुने गरेका छन्।

    भारतमा विवाहपछि महिलाको रोजगारी दर १२ प्रतिशतले घटेको छ। जुन बच्चा नभएको अवस्थामै हो। विवाहपछि भने पुरुषको रोजगारी दर १३ प्रतिशतले बढेको छ।

    यो समस्या भारतमा मात्र सीमित छैन। सम्पूर्ण दक्षिण एसियामा महिलाको श्रमशक्ति सहभागिता दरमा गिरावट आएको छ। प्रतिवेदनले सन् २०२३ मा दक्षिण एसियाका काम गर्न सक्ने उमेरका महिलामध्ये ३२ प्रतिशत मात्र रोजगारीमा रहेका थिए। जबकि पुरुषहरूको रोजगारी दर ७७ प्रतिशत थियो।

    यो असमानतालाई सम्बोधन गर्ने हो भने महिलाको श्रमशक्ति सहभागिता दर बढाउन सकिन्छ।  यसले दक्षिण एसियाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) १३ देखि ५१ प्रतिशतसम्म वृद्धि हुनसक्ने विश्व बैंकको प्रतिवेदनले देखाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ